पूर्वफिफा रेफ्री लब खत्रीको निधन

Love

पूर्व फिफा रेफ्री लव खत्रीको निधन भएको छ ।
मेडिसिटी हस्पिटलमा उपचारको क्रममा सोमबार बिहान खत्रीको निधन भएको हो ।

सोमबार बिहान मर्निङ वाक गरेर खत्री नुहाउनका लागि वाथरुममा छिरेका थिए । वाथरुममा लडेपछि उनलाई उपचारका लागि मेडिसिटी हस्पिटल पुर्याइएको थियो ।

हस्पिटलले निधनको कारण औपचारिक रुपमा बताएको छैन । खेलाडीको रुपमा खत्रीले करिब एक दशक घरेलु फुटबलमा बिताएका थिए । उनले सन् २००८ मा फिफा रेफ्रीको ब्याच प्राप्त गरेका थिए ।

उनले करिब डेढ दशक रेफ्रीको भुमिकामा घरेलु तथा अन्तराष्ट्रिय फुटबलमा देखिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...