रामेछापमा कांग्रेसको सभापतिमा कान्छाराम तामाङ निर्वाचित

Capture965

रामेछाप । नेपाली कांग्रेस रामेछाप जिल्ला सभापतिमा कान्छाराम तामाङ निर्वाचित भएका छन् ।

पहिलो चरणको मतदानमा सभापतिका कुनै उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि सोमबार दोस्रो चरणको मतदान गर्न लागिएको थियो ।

तर दोस्रो चरणको निर्वाचनअघि नै निकटतम् प्रतिस्पर्धी लवश्री न्यौपानेले समर्थन जनाएपछि तामाङ निर्विरोध निर्वाचित भएका हुन् ।

पहिलो चरणको निर्वाचनमा सभापतिमा संस्थापन पक्षका पूर्णबहादुर तामाङ ‘कान्छाराम’ ले ६ सय ६८, इतर समूहका लवश्री न्यौपानेले ३५६ र कृष्णबहादुर महतले ३२८ मत ल्याएका थिए।

चरणमा तामाङ र न्यौपानेबीच प्रतिस्पर्धा हुने तयारी थियो । तर न्यौपानेले समर्थन जनाएपछि तामाङ निर्वाचित भएका हुन् ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...