प्रधानन्यायाधीशले भने, ‘मन्त्रिमण्डलमा मैले भाग मागेको छैन’

Cholendra samser

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूले मन्त्रिमण्डलमा भाग नमागेको बताएका छन् ।

सर्वोच्च अदालत बार एशोसिएनसका पदाधिकारीसँगको भेटमा प्रधानन्यायाधीश जबराले मन्त्रिमण्डल भागवण्डामा आफ्नो कुनै भूमिका नरहेको बताए ।

प्रधानन्यायाधीशले भाग मागेपछि मन्त्रिमण्डल विस्तार हुन नसकेको समाचारहरु आएपछि सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहित पदाधिकारीले आज विहान प्रधानन्यायाधीश जबरालाई भेटेका थिए । भेटमा मन्त्रिमण्डलमा भागवण्डाबारे जिज्ञासा राखेको अध्यक्ष शाक्यले बताए ।

‘उहाँले मैले यस्तो काम गरेको छैन । अहिलेसम्म संविधान र न्यायापालिकाको मैले बचाउ नै गरेको हो । यसमा असर पर्ने कामहरु गरेको छैन । मन्त्रिमण्डलमा को राख्ने नराख्ने प्रधानमन्त्रीको जिम्मेवारीको कुरा हो । मेरो कुनै भूमिका हुँदैन । मैले केही भनेको पनि छैन,’ प्रधानन्यायाधीश जबराको भनाइ उद्धृत गर्दै शाक्यले भने ।

आफूहरुले त्यहीँ किसिमको स्टेटमेन्ट आउनुपर्ने सुझाव दिएको शाक्यले बताए । ‘औपचारिक वक्तव्य आएपछि हामी थप अगाडि बढ्छौं,’ उनले भने ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...