घट्यो काठमाडौँ उपत्यकामा संक्रमण, २५५ जना संक्रमित थप

100931738 2852665884782549 4298457558223421440 n

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २२२, भक्तपुरमा १३ र ललितपुरमा २० जना संक्रमित थपिएका हुन्।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ६७९ जना संक्रमित थपिएका छन् भने ७ जनाले ज्यान गुमाएका छन्।

आइतबार १ हजार ४०५ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १६ हजार ८०४ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ७ हजार ७० पीसीआर तथा ३ हजार ८५० एन्टिजेन परीक्षण भएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...