एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पनि रहने

Bidhan mahadibeshan 3 uml

काठमाडौँ । नेकपा एमालेले पार्टीमा एक अध्यक्ष एक वरिष्ठ सहित ५ उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र ७ सचिव सहित १५ पदाधिकारी रहने गरी प्रस्ताव पेश भएको छ ।

उपमहासचिव विष्णु पौडेलले विधान महाधिवेशनमा उठाएका सदस्यहरुले दिएको सुझावका आधारमा नयाँ परिमार्जित विधानको प्रस्ताव पेश गरेका हुन् । उठेका प्रश्नहरुको जवाफ दिँदै उपमहासचिव विष्णु पौडेलले त्यसको जानकारी दिएका हुन् ।

एमालेमा वरिष्ठ नेताको यस अगाडी रहेको पदीय ब्यवस्था हटाईएको थियो । उपाध्यक्षमा वरिष्ठ उपाध्यक्ष राख्न महाधिवेशनमा प्रतिनिधीहरुले जोडदार माग गरेपछि वरिष्ठ उपाध्यक्षको पद थपिएको हो । यस अगाडी दुई जना उपमहासचिवको ब्यवस्था थियो ।

तर त्यसलाई विधान संसोधन प्रस्ताव ल्याउँदा त्यो पद हटाईएको थियो । तर अहिले एक जना उपमहासचिवको पद पनि थप गर्ने गरी उपमहासचिव विष्णु पौडेलले एमाले विधान महाधिवेशनको हलमा संसोधन प्रस्ताव ल्याएका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...