गृहमन्त्रालयद्धारा १० जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा, को कहाँ पुगे ?

Home ministry of nepal griha

काठमाडौं । गृह मन्त्रालयले १० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । शुक्रवार प्रजिअहरुको काज सरुवाको निर्णय गरिएको गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय कास्कीमा सहसचिव जयनारायण आचार्यलाई सरुवा गरिएको छ । आचार्यले नेपाल–चीन सीमा विवादबारे अध्ययन समितिका संयोजक थिए । आचार्य नेतृत्वको समितिले नेपाल–चीन सीमा विवादबारे असोज १० प्रतिवेदन बुझाएको थियो ।

भोजपुरको सिडिओमा मन्त्रालयका सहसचिव कमलराज ढकाललाई पठाइएको छ । लमजुङमा सुशील वैद्य, डोटीमा शंकरबहादुर विष्ट, मुगुमा रोमबहादुर महत, मनाङमा रविन्द्र आचार्य, डडेलधुरामा मोहनराज जोशी र म्याग्दीमा चिरञ्जिवी रानालाई सरुवा गरिएको छ । नमराज जैसीलाई रसुवा र अनोज घिमिरेलाई तेह्रथुमको प्रजिअको जिम्मेवारी दिइएको छ ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...