६ जना विद्यार्थी नेतालाई माओवादीले बनायो केन्द्रिय सदस्य

Akhil neta

काठमाडौं । नेकपा माओवादी केन्द्रले अखिल (क्रान्तिकारी) अध्यक्ष बनेपछि क्रान्तिकारीका पूर्वअध्यक्षसहित ६ जनालाई पार्टीको केन्द्रीय सदस्य बनाएको छ ।

आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङसहित ६ जनालाई पार्टीको केन्द्रीय सदस्य बनाएको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पञ्चा सिंहलाई क्रान्तिकारीको अध्यक्ष बनाएपछि अरु नेताहरूलाई पार्टी सदस्य बनाएर नेताहरूको व्यवस्थापन गरेका हुन् ।

पूर्वअध्यक्ष तामाङसहित सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, उत्तम अधिकारी, दिपक देवकोटा र विजय गौतमलाई माओवादी केन्द्रको केन्द्रीय सदस्य बनाइएको हो । उनीहरूले आजैका मितिदेखि पार्टी राजनीति सुरु गर्ने भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...