गोठाटारबाट २६ सय किलो पटाका बरामद

Pataka

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित गोठाटारबाट प्रहरीले ठूलो परिमाणमा पटाका बरामद गरेको छ । गए राति अपराध महाशाखाबाट खटिएको टोलीले करिब २६ सय किलो पटाका बरामद गरेको हो ।

तिहार र छठमा बिक्री गर्ने योजनासहित तराईको बाटो हुँदै काठमाडौंमा पटाका ल्याएको सुराकको आधारमा महाशाखाले गोठाटारको गोदाममा छापा मारेको थियो । पटाका बरामदबारे आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी दिइने महाशाखाले जनाएको छ ।

नाकामा चेकजाँच कडा नहुँदा सो पटाका काठमाडौं भित्रिएको थियो । काठमाडौं प्रहरीले दशैं लक्षित सुरक्षा योजना सार्वजनिक गरे पनि नाकामा चेकजाँच कडा पारिएको छैन् । गोदाम सञ्चालकले दसैँपछि बेच्ने गरी सो पटाका भारतबाट मगाएर स्टोर गरेर राखेको महाशाखाका एक अधिकृतले बताए ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...