माओवादी नेता पुनको स्वास्थ्यमा सुधार

Barsaman pun

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वऊर्जामन्त्रीवर्षमान पुन अनन्तको स्वास्थ्यमा सुधार आएको छ। पुन थाइल्याण्डको राजधानी बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत छन्।

चिकित्सकका अनुसार पुनको शरीरमा रहेको जण्डिसको अत्यधिक मात्रा घट्दो क्रममा छ। सामान्यतः स्वस्थ मानिसको रगतमा हुने बिलुरुविन नामक तत्वको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने गर्छ। तर पुनको रगतमा बिलुरुविनको मात्रा अन्यिन्त्रित रुपमा बढेर ३४ पुगेपछि चिकित्सकहरुले बैंकक रेफर गरेका थिए।

‘अहिले बिलुरुविनको मात्रा घटेर २७ मा आएको छ’, उपचारमा संलग्न डा.नाथाभुत सिरिमोन्तापोनको भनाइ उद्धृत गर्दै पुन पत्नी एवं पूर्वसभामुख ओनसरी घर्तीले भनिन्।

घर्तीका अनुसार चिकित्सकले नयाँ औषधि चलाएका छन्। उक्त औषधिले राम्रो काम गर्न थालेको उनले उल्लेख गरिन्। ‘नयाँ औषधिले राम्रो काम गर्न थालेको छ’, घर्तीले भनिन्, ‘नेपालबाट आउँदाको भन्दा अहिले राम्रो भएको छ।’

यद्यपि बान्ता भने नरोकिएको जानकारी उनले दिइन्। खाना खान अरुचि हुने समस्याका कारण पुनलाई स्लाइनको माध्यमबाट खानेकुरा दिइएको छ। जण्डिसको मात्रा अत्यधिक बढेसँगै उच्च ज्वरो आउनुका साथै निरन्तर बान्ता हुन थालेपछि पुनलाई गत आइतबार ललितपुरको सुुमेरु अस्पताल लगिएको थियो।

तर नेपालमा उपचार कठिन भएको भन्दै चिकित्सकले बैंकक जान सुझाएको थियो। चार वर्षअघि पनि नेपालका विभिन्न अस्पताल र भारतको मेदान्त सिटी अस्पतालमा उपचार सम्भव नभएपछि अत्यन्त जटिल अवस्थामा पुनलाई एयर एम्बुलेन्समार्फत् बैंकक लगिएको थियो। पुन जन्मजात जण्डिससम्बन्धी समस्याबाट पीडित छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...