प्रदेश १ र २ का नदीहरुमा बाढीको जोखिम बढ्ने

Badhi 17

काठमाडौं । आज कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती लगायत प्रदेश -१, प्रदेश -२ र वाग्मती प्रदेशको चुरे र तराई भएर बहने स–साना नदीमा बाढी आउन सक्ने पूर्वानुमान गरिएको छ ।

बाढी पूर्वानुमान महाशाखाले आज बिहान ७ बजे एक सुचना निकाल्दै प्रदेश १ को झापा, इलाम, उदयपुर, धनकुटा का नदीहरुमा पानीको बहाव बढ्ने जनाएको छ । त्यसैगरी प्रदेश २ का सिरहा, सप्तरी, धनुषा, महोत्तरी, रौतहट लागयतका जिल्लाहरुमा रहेका नदीहरुमा पानीको वहाव बढ्ने भएकाले त्यसआसपासका बासिन्दालाई सतकर्ता अपनाउन आग्रह गरेको छ ।

बाढी आउने सम्भावना रहेकाले तटीय क्षेत्र तथा डुबान भएर रहने क्षेत्रहरूमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यस्तै, झापामा रहेको केचना वर्षामापन केन्द्रमा पछिल्लो ६ घण्टामा ठूलो पानी परेको मापन भएको छ ।

न्यून चापीय क्षेत्रको प्रभावले आज देशभर वर्षा हुने तथा प्रदेश १ र २ मा भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र २ का धेरै ठाउँमा अहिले पानी परिरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...