विराटनगर कांग्रेसमा दीपक चापागाँई निर्वाचित

Dipak chapagai birattnagar

विराटनगर । नेपाली काँग्रेस विराटनगर महानगरपालिकाको नगर सभापतिमा दीपक चापागाईँ निर्वाचित भएका छन् । चापागाँई केन्द्रीय सदस्य शेखर कोइराला निकट निकट हुन् ।

सभापति शेरबहादुर देउवा निकट सन्तोष न्यौपानेले १६५ मत मात्रै प्राप्त गरेका थिए भने चापागाईँले २१२ मत प्राप्त गरी महानगर सभापतिमा बाजी मारेका हुन् । कृष्ण कार्कीले १३३ र अरुण न्यौपानेले १२७ मत ल्याए ।

मोरङमा शनिबार मतदान भएका १६ मध्ये ६ पालिका परिणाम शनिबार साँझ आइसकेको थियो । बेलबारी नगर सभापतिमा छत्र लिम्बु विजयी भएका छन् । यस्तै कानेपोखरी गाउँपालिका सभापतिमा योगेन्द्र दाहाल निर्वाचित भएका छन् भने कटहरी गाउँपालिका सभापतिमा रामकुमार कामत विजयी भएका छन् ।

मिक्लाजुङ गाउँपालिकामा बबी राई सभापतिमा निर्वाचित भएका छन् । धनपालथानमा सभापतिमा दीपकवीर पाण्डे विजयी भएका छन् ।​ सुनबर्सी नगरपालिका सभापतिमा कमलकिशोर सिंह निर्वाचित भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...