प्रदेश १ र २ मा भारी वर्षा हुने, देशभर वर्षा हुने सम्भावना

Mausam news

काठमाडौं । न्यून चापीय क्षेत्रको प्रभावले आज देशभर वर्षा हुने तथा प्रदेश १ र २ मा भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश-१ र २ का धेरै ठाउँमा अहिले पानी परिरहेको छ । यी प्रदेशका केही ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना पनि रहेको मौसमविद्ले बताएका छन् ।

अहिले प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशमा सामान्य बदली रही बाकी भूभागमा आंशिक बदली रहेको छ । प्रदेश १ र प्रदेश २ का धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।

आज काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा दिउँसो पछि हल्कादेखि मध्यम खालको पानी पर्ने छ । मौसमविद मञ्जु बासीका अनुसार अहिले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव नेपालमा परेको छ। जसले गर्दा देशका विभिन्न भागमा वर्षा भइरहेको छ ।

आज दिउसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै प्रदेश १ र प्रदेश २ का थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै, प्रदेश १ र प्रदेश २ का केही स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको आँकलन छ ।

आज राति पनि देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ र प्रदेश २ का धेरै स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार प्रदेश १ र प्रदेश २ का थोरै स्थानमा भारी वर्षाको पनि संभावना छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...