श्री पञ्चमी पार्कमा हरियो टि-सर्टधारीले खुवाए असाहय बालबालिकालाई तातो मःम

Mo mo khadai 1

धनकुटा । शनिबार दिँउसो १ बजेतिर हरियो टि-सर्ट लगाएका एक हुल मानिसहरु श्रीपञ्चमी पार्कमा प्रवेश गरे । एउटा गोलघरमा पुगेर आफ्नो सबै सामानहरु थन्क्याए ।

कसैले इट्टा खोज्न थाले । एकैछिनमा चुल्होमा धुँवा आउन थाल्यो । बिस्तारै आगो बल्न थाल्यो । कसैले भाँडाकुडा बसाउन थाले । कसैले भाँडोमा पिठो मुछ्न थाले । हेर्दा हेर्दै केहीबेरमै मःम पाक्यो ।

त्यसरी हुल बाँधेर पञ्चमी पार्कभित्र प्रवेश गरेर मःम पकाउने टि-सर्टधारी अरु कोही नभएर स्वास्थ्यका लागि पदयात्रा नामक समुह थियो । जसले पञ्चमी पार्कमा आफुले खानेगरी मःम पकाएको थिएन । त्यो टीमले सोही स्थानमा रहेका बालबालिकाहरुलाई खाजा खुवाउन मःम पकाएको थियो ।

धनकुटा नगरपालिका वडा नं. ४ मा रहेको श्री पञ्चमी पार्कमा सञ्चालित छ बाल पुनःस्थापना केन्द्र । जहाँ अहिले १० जना असाहय बालबालिका बस्ने गर्छन् । उनीहरुलाई बस्ने ठाउँमा स्वादिलो मःम खुवाउनका लागि त्यस्तो प्रवन्ध मिलाइको थियो पदयात्रा समुहले ।

उनीहरुको उदेश्य थियो प्रत्यक्ष रुपमा मःम बनाएर खुवाउनु । मःम कसरी बन्छ भनेर सिकाउनु पनि थियो । सोही उदेश्य अनुरुप सो समुहले सबै बालबालिकालाई सँगै राखेर मःम पकाएको थियो ।

धनकुटाका युवा समुहले सुरु गरेको स्वास्थ्यका लागि पदयात्रामा सहभागीहरु दिपेन श्रेष्ठ, उद्धप श्रेष्ठ, निलेश श्रेष्ठ, भक्त थापा, सोपाल राई, धिरेन्द्रलाल श्रेष्ठ, पुरेन्द्रलाल श्रेष्ठ, विरेन्द्र लाल श्रेष्ठ, रेखा श्रेष्ठ लगायतले आफैले बनाएर पार्कमा रहेका १० जना बालबालिकाहरुलाई मःम खुवाए । टोलीका सदस्यमध्ये श्रीकृष्ण श्रेष्ठ चाँही पञ्चमी पार्कमा पुगेका थिएनन् ।

सो टोलीले मःम पकाउँदै गर्दा पदयात्राका संरक्षक इश्वर श्रेष्ठले बालबालिकाहरुसँग सुख दुःख बाढ्दै थिए । ‘राम्रोसँग पढ्नुस् है नानी बाबुहरु’, श्रेष्ठ भन्दै थिए, ‘तपाईहरुको अभिभावक हामी हौं, तपाईहरुलाई राम्रो पढ्न हामी सहयोग गर्छौ । तर तपाईहरुले पढ्न चाँही राम्रो पढ्नुपर्छ ।’ बालबालिकाहरुले पनि मञ्जुरी जनाए ।

पदयात्रामा अध्यक्ष मनोजनारायण श्रेष्ठ चाँही आफैं मःम पकाउन व्यस्त थिए । यही बेला श्रेष्ठले भने, ‘यहाँका बालबालिकाहरुलाई यसरी आफैंले पकाएर खुवाउँदा साह्रै आनन्द आउँछ ।’

धनकुटाका समाजसेवीहरु संलग्न यो समुहले पर्यटनको विकासका लागि पदयात्रा सुरु गरेको आज १७७ औं हप्ता पुगेको छ । यो समुहले पदयात्राको क्रममा अशक्त, अपांगता भएका व्यक्ति, आर्थिक अभावमा उपचार नपाएका व्यक्ति र केही गरौं भन्ने व्यक्तिहरुलाई सहयोग गर्दै आएका छ । यसै क्रममा पञ्चमी पार्कमा रहेका असाहय बालबालिकाहरुलाई मःम खुवाएको हो ।

यो समुहले प्रत्येक शनिबार धनकुटा लगायतका देशका पर्यटकीय स्थलहरुको खोजी गर्दै प्रचारप्रसार गर्दै आएको छ । सोही क्रममा यो समुहले स्वास्थ्य बनाउन आवश्यक पर्ने पोष्टरहरु पेन्टिङ पनि गर्दै आएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...