अधिवेसन सुरु भएको एक सातामा कांग्रेसले बनायो धनकुटा नगरमा सभापति

Congress dhankuta nagar naresh

धनकुटा । एक साताको रस्साकस्सीपछि बल्ल नेपाली कांग्रेस धनकुटा नगर समितिको अधिवेसन सम्पन्न गरेको छ ।

धनकुटाको सातै तहमा असोज ९ गते पालिका अधिवेसन गरिएको थियो । तर, आकांक्षीहरुबीच सहमति हुन नसक्दा धनकुटा नगरको अधिवेसन स्थगित भएकोथियो । सो दिन अभ्यक्षबाहेकका ५६ वटा पद भने सर्वसम्मतिले नै टुंग्याएको थियो ।

त्यसको एकसातापछि आज बिहान सर्वसम्मत रुपमा नरेष श्रेष्ठलाई अध्यक्ष बनाइएको छ । बल्लबल्ल आज बिहान श्रेष्ठको सभापतित्वमा ५७ सदस्यीय नगर समिति सर्वसम्मत टुंग्याइएको हो । श्रेष्ठ धनकुटा वडा नं. ६ का वडाध्यक्षसमेत हुन् ।

समितिको उप–सभापतिमा अभिषेक कर्माचार्य र अमित लो तामाङ, सचिवमा राम तामाङ र लोकेन्द्र खड्का, सह–सचिबमा ज्ञानेन्द्र बस्नेत र सारदा सन्तोषी राई चयन भएका छन् । कोषाध्यक्ष भने पछि मनोनित गरिनेछ ।

नेपाली कांग्रेसको आसन्न १४ महाधिवेशन अन्र्तगत धनकुटाका सवै सातै स्थानिय तहको अधिवेशन सम्पन्न भएको छ । ३ नगरपालिका र ४ गाउँपालिका भएको धनकुटा २ वटा पालिकामा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको थियो भने ५ वटा पालिकामा सर्व सम्मत नेतृत्व चयन भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...