एमालेका यी १३ समस्या : समस्यामा समाधानमा उल्झन

Uml udghatan 15

काठमाडौं । शुक्रबार सुरु भएको एमाले विधान महाधिवेशनमा पार्टीभित्र रहेका १३ समस्यालाई उजागर गरिएको छ । महाधिवेशनमा महासचिव ईश्वर पोखरेल प्रस्तुत गरेको संगठनात्मक प्रस्तावमा पार्टीमा १३ समस्या रहेको उल्लेख छ ।

पार्टी आन्दोलनमा जोडिएका नयाँ पुस्तामा वैचारिक र सैद्धान्तिक ज्ञान हासिल गर्ने प्रवृत्तिमा ह्रास आएको महासचिव पोखरेलले औंल्याएका छन् । अध्ययनभन्दा आमसञ्चार र सामाजिक सञ्जालमा बढी र सुनिने विषयबाट नयाँ पुस्ता प्रभावित हुने गरेको उनको विश्लेषण छ ।

अध्ययन र प्रशिक्षणकै आभवमा पार्टीमा गुटबन्दी र अस्वस्थ प्रतिस्पर्धा झाँगिँदै गएको उनको प्रतिवेदनमा छ। त्यस्तै पछिल्लो समयमा बिना मापदण्ड सदस्यता वितरण हुँदै आएको छ । अरूले लेबी तिरिदिने, सदस्यता प्रत्येक वर्ष नवीकरण नगरिनेलगायतका विषयले सबल र सुदृढ पार्टी निर्माणको संगठनात्मक योजना प्रभावित भएको प्रतिवदेनमा छ ।

पार्टी एकता पछि ठूलो आकारको कमिटी बनाउनु पर्ने बाध्यताले पार्टी चुस्त हुन नसकेको महासचिवको ठहर छ । ठूलो कमिटी बनेपछि नियमित बैठक नबस्ने, अधिकार सीमित नेतामा केन्द्रीकृत हुने अवस्था सिर्जना भएको छ। यसबाट कमिटी र कमिटीका सदस्यको भूमिका खुम्चिँदै गएको प्रतिवेदनमा उल्लेख छ ।

वैधानिक व्यवस्था अनुरूप अधिवेशन आयोजना र व्यवस्थापनको समस्या, संगठनात्मक अराजकता र गुटबन्दी पार्टीको समस्या रहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै गैरभौगोलिक क्षेत्रको कामको संयोजन, पार्टी काम र कार्यकर्ताको मूल्यांकन, वर्ग दृष्टिकोणमा भन्दा पहिचानको मुद्दामा आकर्षित हुने समस्याले पार्टी ग्रसित भएको छ ।

त्यस्तै पार्टी काममा दोहोरोपन, काठमाडौं उपत्यकाको पार्टी कामको व्यवस्थापन, परिभाषित काम र परिणाममुखी कार्यविभाजन, जनसंगठनको प्रभावकारी परिचालन, आदर्श र व्यवहारको बीचमा अन्तरविरोध पार्टीमा देखा परेका पछिल्ला समस्या हुन्। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...