विचार मिल्नेसँग एकताका लागि छलफल जारी राख्न कार्यकर्तालाई प्रचण्डको आग्रह

1629386333 f9dtu

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विचार मिल्नेसँग एकताका लागि छलफल जारी राख्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) ताराखोला गाउँपालिका बागलुङद्वारा आयोजित भेलालाई  भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले अहिलेको पाँच दलीय गठबन्धन चुनावसम्म लैजाने विषयमा छलफल चलिरहेको बताए ।

उनले देशमा ठूलो कम्युनिष्ट शक्ति निर्माण गरी देशलाई समृद्धितर्फ लैजाने योजनाअनुरुप आफूले नेकपा (एमाले) सँग पार्टी एकता गरेको तर एकता  नटिकेको बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले लामो सङ्घर्षपछि प्राप्तउपलब्धी गुम्ने खतरा बढेको बताए ।

मन्त्रिमण्डल बिस्तारका लागि सत्ता साझेदार दलका बीचमा संवाद भइरहेको जानकारी दिएका छन् । उनले भने “ अगामी एक दुईदिन भित्र मन्त्रिमण्डलले पूर्णता पाउँछ  । ”

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...