एमाले अध्यक्ष ओलीलाई स्वास्थ्य समस्या, महाधिवेशनबाट बाहिरिए

Kp sharma oli adhibesan

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीको स्वास्थ्यमा समस्या देखिएको छ ।

ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरू भएको प्रथम विधान महाधिवेशनमा राजनीतिक प्रस्ताव पेस गरिरहेका ओलीले आफूलाई रुघाखोकीका कारण समस्या भएको भन्दै प्रस्ताव पेस गर्ने जिम्मा शंकर पोखरेललाई दिएका थिए ।

ओलीले जिम्मा दिएसँगै पोखरेलले प्रतिवेदन पेस गरिरहेका छन्। प्रतिवेदन पेस गर्ने क्रममा उनले पटक–पटक खोकेका थिए ।

यस्तै ओली अस्वस्थ भएपछि विधान महाधिवेशनबाट बाहिरिएका छन् । राजनीतिक प्रतिवेदन पेश गरिरहेको बेला स्वास्थ्यमा समस्या आएपछि ओली सभाहलबाट बाहिरिएका हुन् । प्रतिवेदनलाई पोखरेलले निरन्तरता दिएपछि ओलीले केही मञ्चमै बसेर आफैले तयार पारेको प्रतिवेदन सुनिरहेका थिए ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...