स्वास्थ्य मापदण्डको पालना गरी सभा, सम्‍मेलन गर्न प्रतिबन्ध लगाइएको छैन

Cdo ofice ktm

काठमाडौंं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा सभा, सम्‍मेलन र धार्मिक - सांस्कृतिक मेला, जात्रा, पर्व लगायत चाड पर्व लक्षित अन्‍य क्रियाकलापहरु स्वास्थ्य मापदण्डको पालना गरी गर्न प्रतिबन्ध नलगाएको स्पष्ट पारेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘जिल्ला प्रशासन कार्यालयले मिति २०७८/०६/१४ गतेदेखि लागु हुने गरी जारी गरेको आदेशको बुँदा नम्बर १(क) मा उल्लेखित विषयमा सार्वजनिक रुपमा चासो, चिन्ता र अभिव्‍यक्तिका सम्‍बन्धमा ध्‍यानाकर्षण भएको छ ।’

काठमाडौं प्रशासनले कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै नेपाल सरकार मन्त्रिपरिषद्‌को निर्णय एवं प्रचितलि कानुनले दिएको अधिकार प्रयोग गरी यसअघि जारी गरिएको आदेशको निरन्तरताको रुपमा उक्त आदेश जारी गरिएको र उक्त आदेशले  कुनै पनि प्रकारका सभा, सम्‍मेलन, धार्मिकरसास्कृतिक मेला, जात्रा पर्व लगायत चाडपर्व लक्षित अन्‍य  क्रियालापहरु स्वास्थ्य मापदण्ड पालना गरी  गर्नरगराउन कुनै बन्‍देज नलगाएको स्पष्ट पारेको छ ।

यसअघि असोज १४ गते स्थानीय प्रशासनले विज्ञप्ति जारी गरेर आदेशको बुँदा १ (क) मा उपत्यकामा भीडभाड, सभाजुलुस, जात्रा, महोत्सव र भोजमा प्रतिबन्ध लगाएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...