ओली भन्छन्, एमालेबाट अराजक व्यक्ति मात्रै बाहिरिए (राजनीतिक प्रतिवेदनसहित)

Capture985

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले  एमालेबाट केही अराजक व्यक्ति बाहिरिएको टिप्पणी गरेका छन् । पार्टीको विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेश गर्दै ओलीले यस्तो बताएका हुन् । एमाले विभाजन गरी नेपालले एकीकृत समाजवादी गठन गरेका छन् ।

ओलीले माओवादी केन्द्रका अध्यक्ष र नेपालतर्फ संकेत गर्दै कम्युनिष्ट आन्दोलनलाई नै बद्नाम बनाउन लागिपरेको आरोप लगाएका छन् । ओलीले आफ्नो राजनीतिक प्रतिवेदन महाधिवेशनमा पेश गर्दै भने, ‘कम्युनिष्ट आन्दोलनलाई नै बद्नाम बनाउन खोजियो। एमालेबाट केही व्यक्ति बाहिरिएका छन्। उनीहरुले संगठनात्मक अराजकता, फुट र पदलोलुपलाई स्थान दिएका छन्। एमालेविरुद्ध नयाँ घेराबन्दी सुरु गरिएको छ ।’

ओलीले पार्टीको नीति निर्माण र नेतृत्व चयनलाई फरक ढंगले अघि बढाउन विधान महाधिवेशन आयोजना गरिएको उल्लेख गरे। उनले माओवादी केन्द्रसँग एकता नगरेको भए पार्टीको दशौँ महाधिवेशन दुई वर्षअघि नै भइसक्ने बताए ।

‘नीति निर्माण गर्ने कुरा नेतृत्व चयनको राप र तापबाट मुक्त होस् भनेर छुट्टै विधान महाधिवेशन आयोजना गरिएको हो,’ ओलीले अगाडि भने, ‘पार्टी एकता नभएको दुई वर्ष अघि नै १०औँ महाधिवेशन भइसक्थ्यो । एमाले एकीकृत पार्टी हो। यो एकीकृत पार्टीको पहिलो विधान महाधिवेशन पनि हो ।’

उनले नवौँ महाधिवशेनको कटुताका कारण पार्टी सही रुपमा अघि बढ्न नसकेको उल्लेख गरे। ओलीले भने, ‘त्यसबेला पार्टीले निकालेका निष्कर्ष सही थियो, त्यो सहित सावित भएको छ ।’

यस्तो छ राजनीतिक प्रतिवेदन

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...