एमालेको विधान महाधिवेशनमा प्रभु साह सहभागी नहुने

Prabhu shah 1

 

काठमाडौँ । एमालेको विधान महाधिवेशनमा प्रभु साह सहभागी नहुने भएका छन् । सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको एमाले र माओवादी केन्द्र ब्युँताउँने फैसलापछि एमाले रोजेका साहले लामो समयदेखि असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।

८ बुँदे प्रस्ताव राखेका साहले बिहीबार विहान पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए भने साँझ महासचिव ईश्वर पोखरेल लगायतका नेताहरुसँग कुराकानी गरेका थिए । तर सहमति नजुटकाले विधान महाधिवेशनमा आफूहरु नजाने साहले बताएका छन् । उनले अहिलेको एमाले नेकपाकै निरन्तरता हुनुपर्ने मत राख्दै आएका छन् ।

विधान महाधिवेशन सुरु हुनुपूर्व शुक्रबार बिहान बानेश्वरमा भएको आफूनिकट भेलामा साहले सहभागी नहुने निर्णय गरेका हुन् । यसअघि अघि असोज ८ गतेको केन्द्रीय कमिटी बैठकमा ८ बुँदे फरक मत प्रस्तुत गरेका थिए । पछिल्लो समय साह एमालेका बैठकमा जान छाडेका थिए । त्यस्तै उनी गृहजिल्ला रौतहटमा आईटी आर्मीको नाममा विभिन्न कार्यक्रममा व्यस्त रहँदै आएका छन् ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...