मास्क नलगाउने यात्रुले सार्वजनिक सवारीसाधन चढ्न नपाउने

Public vehicle after lockdown 2078 17

काठमाडौं । उपत्यकामा मास्क नलगाउने यात्रुले सार्वजनिक सवारीसाधनमा यात्रा गर्न नपाउने भएका छन्। काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहितको बैठकले शुक्रबार बिहानदेखि लागू हुने गरी उक्त निर्णय गरेको हो।

उपत्यकाको भिडभाडलाई मध्यनजर गरी यहाँ सवारीसाधन सञ्चालनमा छुट्टै मापदण्ड बनाएर लागू गरिएको हो। सोअनुसार स्वीकृत सिट क्षमताअनुसार मात्रै यात्रु राख्न, सबै यात्रुले अनिवार्य रूपमा मास्क लगाउन, मास्क नलगाएका यात्रुलाई सवारीसाधनमा प्रवेश रोक लगाउन, चालक, सहचालकले अनिवार्य रूपमा मास्क, भाइजर र पन्जा लगाउन, सवारीसाधनको ढोकामा अनिवार्य रूपमा स्यानिटाइजर राख्न, सवारीसाधनलाई अनिवार्य रूपमा दैनिक स्यानिटाइज गर्न भनिएको छ। आजदेखि लागू गरिएको निषेधाज्ञा अर्को आदेश नभएसम्मका लागि लागू हुने जनाइएको छ।

कोभिड– १९ संक्रमण कायमै रहेकाले अनावश्यक रूपमा बाहिर ननिस्किन, भिडभाड, जुलुस, जात्रा, महोत्सव नगर्न भनिएको छ। चाडपर्व स्वास्थ्यका सबै मापदण्ड पालना गरी सांकेतिक रूपमा मनाउनुपर्ने आदेशमा उल्लेख छ। चाडवाडको वेला हुन सक्ने सम्भावित जोखिबाट बच्न पनि अनुरोध गरिएको छ । यस्तै, आधिकारिक काउन्टरबाट टिकट काटी यात्रा गर्न र सवारीसाधनको छतमा यात्रु नराख्न पनि निर्देशन गरिएको छ।

होटेल, पार्टी प्यालेसले पनि कर्मचारीलाई सकेसम्म आफैँ एन्टिजेन परीक्षणको व्यवस्था मिलाउन भनिएको छ। सबै व्यवसाय सञ्चालन गर्दा भौतिक दूरी कायम गरी स्वास्थ्यका सबै मापदण्ड प्रयोग गर्न भनिएको छ । स्थानीय ढुवानी बिहान १ देखि ११ र अपराह्न ४ देखि ७ बजेसम्म नगर्न भनिएको छ भने निर्माण सामग्रीका ढुवानी बिहान १ देखि बिहान ५ बजेसम्म गर्नुपर्ने आदेशमा उल्लेख छ। 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...