‘नेपाल गभर्मेन्ट रेल्वे’को १७ सय बिघा अतिक्रमित

Railway 15

काठमाडौं । तत्कालीन ‘नेपाल गभर्मेन्ट रेल्वे’ को एक हजार ७ सय ४९ बिघा जग्गा अतिक्रण गरिएको छ। रक्सौल–अमलेखगन्ज रेल मार्गमा पर्ने उक्त जग्गा व्यक्ति र उद्योगहरूबाट अतिक्रमणमा परेको हो। विक्रम संवत् १९८४ अर्थात् सन् १९२७ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा ‘नेपाल गभर्मेन्ट रेल्वे’ स्थापित भएको थियो ।

२०२२ सालतिर उक्त रेल सेवा बन्द भएपछि त्यसका संरचना र जग्गा बेवारिसे बन्दै गए। त्यसमध्ये अहिले वीरगन्जको पावरहाउस चोकदेखि पूर्व–पश्चिम राजमार्गको पथलैयासम्म २२ किलोमिटर खण्डको ६६ फिट चौडा जग्गा विभिन्न व्यक्ति र उद्योगहरूको कब्जामा छ ।

त्रिभुवन राजपथसँगै जोडिएको उक्त जग्गाको क्षेत्रफल ४ लाख ४२ हजार ५ सय ६९ वर्गमिटर हुन आउँछ । यसलाई बिघामा भन्दा एक हजार ७ सय ४९ ९३४ हजार ९ सय ९५.६ कट्ठा ० हुन्छ। राजमार्ग छेउको यो बहुमूल्य जग्गा निजी कित्तामा मिसाइसकिएको छ ।

अतिक्रमणकारी कतिपयले नयाँ नापीबाट प्रमाणित गराएर रेल्वेको जग्गा व्यक्तिगत बनाइसकेका छन्। ठूला–साना घर, पेट्रोल पम्प, वजन गर्ने काँटा (बृज), कलकारखाना, गोदाामजस्ता संरचना यो जग्गामा बनेका छन् । परवानीपुर, जितपुर र सिमरामा बस्ती नै बसेको छ। कतिपय सरकारी संरचना पनि यसमा बनेका छन् ।

भारतमा पनि शासन गरिरहेको तत्कालीन बेलायती सरकारको सहयोगमा भारतको रक्सौलदेखि नेपालको अमलेखगन्जसम्म ३९ किलोमिटर रेल्वे निर्माण गरी सेवा सञ्चालनमा ल्याइएको थियो ।

यसको सञ्चालनका लागि तत्कालीन नेपाल सरकारले भारतको रक्सौलमा समेत तत्कालीन बेलायती सरकारसँग सन् १९२७ जुन १९ मा १६ बिघा १ कट्ठा ४ धुर अर्थात् ६ हजार ४ सय २४ धुर जग्गा खरिद गरेको थियो। उक्त जग्गा पनि अतिक्रमणमा परेको छ । त्यति बेला रेल सेवा मालसामान ढुवानीको साधनमात्र थिएन, रेलमा मानिस पनि आवतजावत गर्थे। तर अहिले उक्त रेल्वेको जग्गा भने गायबसरह छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...