आज यी प्रदेशहरुमा भारी वर्षा हुने, सतकृता अपनाउन महाशाखाको आग्रह

Mausam news

काठमाडौं । भारतको झारखण्ड र आसपासतिर बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव र मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेकोले हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ ।

जल तथा मौसम विज्ञान विभागले आज देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागले आज बिहान आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै दिउँसो देशभर सामान्य बदली रही प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र अरू प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

यस्तै, आज राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश २ का धेरै र अरु प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले वर्षा हुने स्थानका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

भोलि (शनिवार) दिउँसो देशभर सामान्य बदली रही प्रदेश २ का धेरै र अरू प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

शनिवार राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश २ का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

विभागअनुसार पर्सी (आइतबार) दिउँसो देशभर सामान्य बदली रही प्रदेश १,२, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १ र २ का थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

उक्त स्थानहरूका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...