‘फेक इन्काउन्टर’ विरुद्धको जाहेरी दर्ता हुने, बादल र खनाल पक्राउ पर्नसक्ने

Ram bdr  badal and sarbendra khanal

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा सर्लाहीका इन्चार्ज कुमार पौडेलको मृत्यु प्रकरणमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र तत्कालीन प्रहरी प्रमुख सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ता हुने भएको छ ।

पौडेलकी आमा दुर्गादेवी पौडेलले सुरक्षाकर्मीले हत्या गरेको आरोप लगाउँदै अनुसन्धान र कारवाहीका लागि प्रहरीमा उजुरी दिएकी थिइन् तर, प्रहरी ‘इन्काउन्टर’मा मारिएको भन्दै जाहेरी दर्ता अस्वीकार गर्दै आएको थियो ।

प्रहरीले उजुरी नै नलिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो । उक्त रिटमा सुनुवाइपछि सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको संयुक्त इजलासले तत्कालीन गृहन्त्री थापा र तत्कालीन प्रहरी प्रमुख खनालविरुद्ध परेको उजुरी दर्ता गर्न आदेश दिएसँगै उजुरी दर्ता हुने भएको हो । सर्वोच्चको आदेशपछि पौडेल मृत्य प्रकरणमा अनुसन्धानको ढोका खुलेको छ ।

बादल र खनालविरुद्ध जाहेरी दर्ता गर्न जिल्ला सरकारी वकिल कार्यालय, सर्लाही र सर्लाही प्रहरीका नाममा आदेश भएको छ । जाहेरी दर्ता गरी सर्वोच्चलाई जानकारी पठाउनसमेत आदेशमा भनिएको छ ।

जाहेरी निवेदनको सनाखत भएको नदेखिएको उल्लेख गर्दै सर्वोच्चले आदेशमा भनेको छ, ‘यो आदेशको सूचना प्राप्त भएको मितिले सात दिनभित्र आफूसमक्ष प्राप्त भएको निवेदिकाको जाहेरी दरखास्त जिल्ला सरकारी वकिल कार्यालय, सर्लाहीका जिल्ला न्यायाधिवक्ताको रोहवरमा निवेदिकाबाट सनाखत गराउने उपयुक्त व्यवस्था मिलाउनू ।’

सर्वोच्चले जाहेरी दरखास्तको सनाखत गरी सोअनुरूपको भरपाइ निवेदिकालाई उपलब्ध गराएर यथाशीघ्र सर्वोच्चलाई जानकारी गराउन भनिएको छ ।

दोहोरो भिडन्तका नाममा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल, प्रहरी प्रमुख सर्वेन्द्र खनाललगायतको दुषित योजनामा गैरकानूनी हत्या दाबी रहेको सर्लाहीका कुमार पौडेलको हत्यामा प्रत्यक्ष परोक्ष संलग्न दोषीउपर ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाई कानूनबमोजिम दण्डको मागसहितको मृतककी वृद्ध आमा दुर्गादेवी पौडेलको जाहेरी जिल्ला प्रहरी कार्यालय सर्लाहीले दर्ता नगरेको उपर परेको रिटमा सात दिनभित्र जाहेरी दर्ता गर्नु भन्ने सर्वोच्च अदालतको आदेश छ ।

राष्ट्रिय मानवअधिकार आयोगको उच्चस्तरीय छानविनले पनि पौडेलको मृत्यु नभएर इन्काउन्टरका नाममा टाउकोमा गोली हानेर हत्या गरिएको निश्कर्ष सहितको प्रतिवेदन बुझाएको थियो । पौडेल ५ असार ०७६ मा लालबन्दी–१ लखन्देही खोलादेखि पूर्वको जंगलमा मारिएका थिए ।

पौडेलकी आमा दुर्गादेवीले दिएको जाहेरीमा तत्कालीन गृहमन्त्री बादल, प्रहरी महानिरीक्षक खनाल तथा मेयर भरत थापा, वसन्तराज भट्टराई, कमल बुढाथोकी र प्रदेश सांसद डिल्लीप्रसाद उप्रेतीको सल्लाह योजना तयारी बमोजिम हत्या गरिएको दाबी छ । जिल्ला प्रशासन कार्यालयका तत्कालीन प्रमुख तथा जिल्ला प्रहरी कार्यालयका प्रमुखको पनि घटनामा संलग्नताको दाबी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...