एमालेले भन्यो, ‘सभा सम्मेलन रोक लगाउने प्रशासनको निर्णय राजनीतिक पूर्वाग्रह प्रेरित’

Uml office

काठमाडौँ । नेकपा एमालेले शुक्रबारबाट ललितपुरमा सुरु हुने पार्टीको प्रथम विधान महाधिवेशनको तयारी पुरा भएको जनाएको छ । मूल व्यवस्थापन समितिले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै ललितपुरको गोदावरीस्थित सनराज सम्मेलन केन्द्रमा हुने महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो ।

पत्रकार सम्मेलनमा विधान महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक राम बहादुर थापा बादलले महाधिवेशनमा राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमा विस्तृत छलफल गरेर आवश्यक निर्णय गरिने जानकारी दिए । उनले राष्ट्रिय पुँजीको विकास नगरी समाजवादमा पुग्न नसकिने भन्दै जबज जनवादी कार्यक्रम भएको र अहिले पनि सान्दर्भिक रहेको बताएका छन् ।

बादलले सभा सम्मेलन रोक लगाउने गरी जिल्ला प्रशासन काठमाडौँले जारी गरेको आदेश राजनीतिक पूर्वाग्रह प्रेरित भएको हुनसक्ने तर्क गर्दै स्वास्थ्य मापदण्ड र सुरक्षा विधि अपनाएर विधान महाधिवेशन हुने उल्लेख गरे ।

यस्तै महाधिवेशनको उद्घाटन केपी शर्मा ओलीले गर्ने र बन्दसत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सङ्गठनात्मक प्रस्ताव र उप महासचिव विष्णुप्रसाद पौडेले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्ने मूल व्यवस्थापन उपसमिति संयोजक खिमलाल भट्टराईले जानकारी दिए ।

महाधिवेशनको दोस्रो दिन असोज १६ गते समूह छलफल र समूह नेताबाट सुझावहरूको प्रस्तुति गरिनेछ । तेस्रो दिन असोज १७ गते दस्ताबेज प्रस्तोता हरुको समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयहरूहरुमा जवाफ दिने कार्यक्रम रहेको भट्टराईले बताए । महाधिवेशनमा छ हजारभन्दा बढी प्रतिनिधिहरूको सहभागितामा हुने भन्दै भट्टराईले हलभित्र नअटेका प्रतिनिधिलाई केन्द्रको उपयुक्त स्थानमा व्यवस्थापन गरिने उनले जानकारी दिएका छन् ।

शुक्रबारदेखि सुरु हुने विधान महाधिवेशन आइतबार सम्पन्न गर्ने एमालेले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...