एमालेको राष्ट्रिय विधान महाधिवेशनको तयारी पूरा

1632998420 we97c

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को विधानको सम्पूर्ण तयारी पुरा भएको छ । महाधिवेशन भोलिदेखि ललितपुरको गोदावरीमा हुँदैछ । एमालेले पत्रकार सम्मेलन गरेर विधान महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने उक्त कार्यक्रममा ६ हजार भन्दा बढी प्रतिनिधिहरु सहभागी हुने बताइएको छ । भदौ १० गते बसेको एमाले स्थायी कमिटी बैठकले असोज १५ देखि १७ सम्म विधान अधिवेशन गर्ने निर्णय गरेको थियो। विधान महाधिवेशनमा केन्द्रीय कमिटी, प्रदेश कमिटी र विशेष कमिटीका पदाधिकारी तथा सदस्यहरू सहभागी हुनेछन् ।

त्यस्तै जिल्ला कमिटीका पदाधिकारी र सदस्य पनि विधान अधिवेशनमा भाग लिने एमालेले जनाएको छ। विधान अधिवेशनमा एमाले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, महासधिव ईश्वर पोखरेलको संगठनात्मक प्रस्ताव र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ। यी तीनवटै प्रस्तावमाथि समूहगत छलफल गराएर सुझावसहित पारित गराइने एमालेले जनाएको छ।

कार्यक्रममा सहभागीहरुलाई विहानको खाना र दिउँसोको खाजा महाधिवेशन स्थलमा नै व्यवस्था गरिएको छ । हरेक दिन विहान ९ देखि ११ बजेसम्म खाना खाने समय छुट्याइएको छ । त्यस्तै खाजा भने प्याकेटमा दिइने भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...