प्रधान सेनापति र संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधिबीच भेटवार्ता
काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि सारा बेय्सोलोव् न्यान्तीबीच भेटवार्ता भएको छ ।
बिहीवार प्रधान सेनापति शर्मा र र संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि न्यान्तीबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको हो ।
उक्त भेटमा र संयुक्त राष्ट्रसंघमा नेपाली सेनाको सहभागिता लगायत अन्य द्विपक्षीय महत्वको विषयमा छलफल भएको सेनाले जनाएको छ ।
यस्ता भेटवार्ताले नेपाली सेना र संयुक्त राष्ट्रसंघ बीचको आपसी सम्बन्धलार्ई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
प्रतिकृया दिनुहोस