काठमाडौँमा आजदेखि मेला, महोत्सव तथा सभा जुलुस गर्न नपाइने  

524x380 office premise1

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक रूपमा भीडभाड, मेला र महोत्सव गर्न रोक लगाएको छ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा जारी आदेशमा घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भीडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने भनिएको छ ।

अर्को आदेश नभएसम्मका लागि यस्तो व्यवस्था लागू गरिएको हो । कोभिड-१९ को सङ्क्रमण कायमै रहेकाले नजिकिँदै गरेका चाडपर्वहरु पनि साङ्केतिक रुपमा मात्रै मनाउन आदेशमा भनिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...