महासभामा भाग लिएर परराष्ट्रमन्त्री खड्का स्वदेश फर्किए

Narayan khadka

काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्का राष्ट्रसंघीय महासभामा भाग लिएर बिहीबार स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा भाग लिएर उनी बिहीबार बिहान स्वदेश आइपुगेका हुन् ।

६ असोजमा महासभामा सहभागी हुन न्युयोर्क पुगेका उनले ११ असोजमा महासभालाई सम्बोधन गरेका थिए । ‘आशाको माध्यमबाट लचिलोपन निर्माणका साथ कोभिड(१९ बाट पुनःस्थापना, दिगो पुनर्निर्माण, पृथ्वीको आवश्यकता पूरा गर्न तथा जनताका अधिकारलाई सम्मान गर्दै संयुक्त राष्ट्रसङ्घलाई पुनर्जागृत गराउने’ विषयमा उनले नेपालको धारणा राखेका थिए ।

परराष्ट्रमन्त्री डा. खड्काले भारत, कुवेत, बंगलादेशका प्रतिनिधिसँग साइडलाइन वार्ता गरेका थिए । महासभामा आफूले कोभिड नियन्त्रणका लागि सबै देशका नागरिकलाई खोप, आतंकवादको अन्त्यबारे धारणा राखेको उनले पत्रकारहरूलाई बताए । न्युयोर्कमा रहँदा उनले राजनीतिक समझदारीमा एमसीसी अनुमोदन गरेर कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...