सर्वोच्चले आज पनि हेरेन हत्या आरोपी सभामुख सापकोटाविरुद्ध परेको मुद्दा

131377301 3472669769516950 1129763095879228402 n

काठमाडौँ । हत्याका आरोप लागेका सभामुख अग्निप्रसाद सापकोटविरुद्ध लगाइएको विचाराधीन मुद्दा हेर्न नमिल्नेमा परेको छ । यसअघि भदौ १६ गते पनि मुद्दा पेशीमा चढेर हेर्न नमिल्नेमा राखिएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासमा पेशी चढेको मुद्दा हेर्न नमिल्नेमा परेको हो।

सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको आरोप सापकोटामाथि लागेको छ। २०६२ साल वैशाख १६ गते श्रीकृष्ण मावि दाप्चाबाट उनी अपहरणमा परेका थिए ।

साउन तेस्रो साता खाल्डो खनेर लामालाई जिउँदै पुरेको भन्दै उनकी श्रीमती पूर्णिमायाले २०६४ सालमा जाहेरी दिएकी थिइन्।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...