झाँक्रीसहित यी हुन् समाजवादीबाट मन्त्री बन्न लागेका ६ नेताहरु (नामसहित)

240224918 102643785474497 8707403536244255868 n

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले सरकारमा सहभागी हुने पार्टीका नेताहरूको नाम टुंगो लगाएका छन् । सत्तापक्षीय गठबन्धनले नेकपा (एकीकृत समाजवादी) लाई ६ वटा मन्त्रालय दिएको छ ।

मन्त्रालय भागबण्डाको टुंगो लागेपछि अध्यक्ष नेपाल पार्टीबाट क–कसलाई सरकारमा पठाउने भनेर आइतबार बेलुकादेखि नै आन्तरिक छलफलमा जुटेका थिए । सोमबार साँझसम्म उनले ६ जनाकै नाम टुंगो लगाएका हुन् ।

नेपालले विरोध खतिवडाको नेतृत्वमा पार्टीलाई सरकारमा पठाउँदैछन् । खतिवडासँगै प्रेम आले, रामकुमारी झाँक्री, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र किसान श्रेष्ठको नाम तय भएको छ ।

प्रधानमन्त्री देउवाले केही दिनमा नै  मन्त्रिपरिषद विस्तार गर्ने बुझिएको छ । 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...