परराष्ट्रमन्त्री खड्काको सपथविरुद्ध परेको रिट न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गरेका परराष्ट्रमन्त्री डा. नारायण खड्काको सपथविरुद्ध परेको रिटमा आज सुनुवाइ हुने भएको छ ।
सर्वोच्चले न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ तोेकेको छ । ६ असोजमा खड्काले परराष्ट्रमन्त्रीका रूपमा राष्ट्रपतिसमक्ष लिएको पद तथा गोपनीयताको शपथ बदर गर्न माग गर्दै सर्वोच्चमा रिट परेको हो ।
कानुनी व्यवस्थाविना नै मन्त्री खड्काको शपथ भएको भन्दै अधिवक्ता विशाल न्यौपानेले सर्वोच्चमा रिट दर्ता गराएका थिए । रिटमा संविधानको धारा ८० अनुसार संघीय कानुन बनाएर मात्र शपथको व्यवस्था गर्न माग गरिएको छ।
प्रतिकृया दिनुहोस