वर्षमान पुन उपचारका लागि बैकक प्रस्थान

Barshman pun

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री वर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन् ।

उनी उपचारका लागि आज बिहान हिमालयन एयरलाइन्सको जहाजबाट आज बिहान ७ बजे थाइल्याण्ड प्रस्थान गरेका हुन् । उनीसँगै पत्नी ओनसरी घर्तीपनि थाइल्याण्ड प्रस्थान गरेकी छन् ।

माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्जसमेत रहेका पुन बंशाणुगत जण्डिसबाट पीडित छन् । वरिष्ठ चिकित्सकको सुझाव अनुसार नेता पुन बैंकक प्रस्थान गरेका हुन् । उनको यसअघि २०७२ मा पनि यही रोगको उपचार थाइल्याण्डमै गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...