मनसुन बाहिरिन ढिलाइ हुने : यस्तो हुनेछ आजको मौसम, यी क्षेत्रहरुमा वर्षा हुने

Mausam news

काठमाडौं । बङ्गालको खाडीको उत्तर पश्चिम भू-भाग, पश्चिम बङ्गाल र आसपास बनेको न्यून चापीय क्षेत्रको नेपालमा सामान्य प्रभाव परेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली भई एक-दुई स्थानमा वर्षा भइरहेको छ ।

बुधबार देशभर आंशिकदेखि सामान्य बदली रही धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बिहीबार र शुक्रबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस वर्ष मनसुन औसत समयभन्दा केही दिन ढिला गरी बाहिरिने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अहिलेसम्म बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आउने क्रम नरोकिएकाले मनसुन औसत समयभन्दा केही ढिलो गरी बाहिरिने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताइन् ।

मनसुन लम्बिए पनि निष्क्रिय रहेकाले ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । नेपालमा गएको जेठ २८ गते मनसुन भित्रिएको थियो । यस वर्षदेखि मनसुनको अवधि परिमार्जन भएको छ । यसअघि सामान्यतया नेपालमा जुन १० तारिखमा मनसुन भित्रिने र सेप्टेम्बर २३ तारिखमा बाहिरिने भन्ने गरिए पनि यसपालिदेखि परिमार्जन गर्दै जुन १३ तारिखमा मनसुन भित्रिने र अक्टोबर २ तारिखमा बाहिरिने समय तोकिएको छ ।

हरेक १०/१० वर्षमा मनसुनको समय परिमार्जन गर्ने गरिएको छ । अक्टोबर २ तारिख आउन अब तीन दिन मात्रै बाँकी छ । तर, मनसुनी गतिविधि भने कायमै छ । अहिले देशका धेरैजसो ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ ।

झापा र त्यस आसपासका क्षेत्रमा मेघगर्जनसहित हल्कादेखि मध्यम खालको वर्षा भइरहेको मौसमविद्ले बताएका छन् । अहिले मनसुनको न्यून चापीय रेखा औसत भन्दा केही दक्षिणतिर रहेकोले त्यस क्षेत्रमा पानी परेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...