सिंचाईका लागि बनाइएको ड्याममा डुबेर बारामा एकजनाको मृत्यु
वीरगञ्ज । बाराको जितपुर सिमरा उपमहानगरपालिकास्थित खोलामा सिंचाईको लागि बनाइएको ड्याममा डुबेर मंगलबार बिहान एक जनाको मृत्यु भएको छ।
जितपुर सिमरा उपमहानगरपालिका–१५ स्थित बेंगे खोला पुल नजिकै सिंचाईको लागि बनाइएको ड्याममा डुबेर सोही नगरपालिका वडा नम्बर १ बस्ने ४३ वर्षीय भगवान काजी कार्कीको मृत्यु भएको हो।
ड्याममा पौडी खेल्नको लागि गएका उनको डुबेर मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
प्रतिकृया दिनुहोस