परराष्ट्रमन्त्री नारायण खड्काको शपथ बदर माग गर्दै सर्वोच्चमा रिट
काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काको शपथ बदरको माग राखेर सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
अधिवक्ता विशाल न्यौपानेले कानुनी व्यवस्थाबिनै शपथ लिएको भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । उनको रिटको पेसी बुधबारको लागि तोकिएको छ ।
मन्त्री खड्काले यही असोज ६ गते राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।
प्रतिकृया दिनुहोस