त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ग्राम सुन बरामद, २ पक्राउ

International tribhuwan airport caxtpthsa6

काठमाडौँ । करिब ८ सय ग्राम सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ग्राम सुन बरामद गरिएको छ ।

मलेशियाबाट नेपाल फर्किएका यात्रुलाई सुन कारोबार गर्नेहरुले पठाएको भनिएको सुन प्रहरीले बरामद गरेको हो । सुन लिन गएका दुई जनालाई प्रहरीले सुनसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका ३३ वर्षीय समुन्द्र दंगाल र संखुवासभा घर भएका ४३ वर्षीय सन्तवीर राई रहेको बताइएको छ ।

विशेष सुराकीका आधारमा उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...