हिजो राष्ट्रपतिलाई रबर स्ट्याम्प भनेर ओली सरकारको खोइरो खन्नेहरू कता छन : नेता बस्नेत

Mahesh bsnet

काठमाडौँ । नेकपा (एमाले) का प्रभावशाली युवा नेता एवं पूर्वमन्त्री महेश बस्नेतले मिडिया, बुद्धिजीवी र नगरिक समाजको खोजी गरेका छन ।

सरकारले एमाले विभाजनकै लागिमात्र अध्यादेश ल्याएर फिर्ता गरेपछि सर्वत्र आलोचना समेत भैरहेको सन्दर्भमा पूर्वमन्त्री बस्नेतले विगतको सन्दर्भ कोट्याउँदै मिडिया, बुद्धिजीवी र नगरिक समाजको खोजी गरेका हुन ।

उनले सामाजिक सञ्जाल मार्फत लामो टिप्पणी लेख्दै भनेका छन, ‘हिजो राष्ट्रपतिलाई रबर स्ट्याम्प भन्ने र ओली सरकारको खोइरो खन्ने मिडिया बुद्धिजीवी नगरिक समाज क्वारेन्टाइन तिर बसेरहेका होलान् । दिन प्रतिदिन रहस्यका पर्दा खुल्दैछन् । को रक्षक, को भक्षक जनताले चिन्दैछन।’

केपी ओलीको लोकप्रिय सरकार ढाल्न, नेकपा भित्रै बाट प्रधानमन्त्रीमा प्रचण्ड र अध्यक्षमा माधब नेपाललाई सिंगार पटार गरियो। उपलब्धि दिन नसक्ने काम नलाग्ने साबित भैसकेको सदन दुई पटक ब्युत्याइयो ।

एमाले माओबादी छुट्याइयो। धारा ७६ बाट धेरै प्रयास गर्दा बन्न नसकेको देउवा सरकार परमादेश जारी गरेर बनाइयो। एमालेका सांसदहरुलाई पार्टी ह्विप नलाग्ने बनाइयो। अदालत र सभामुखबाट अरुलाई एउटा कानून एमालेलाई अर्कै कानून लागाइयो । बिश्वासको मत लिन नसके पछि चालू संसदको अधिवेशन हठात अन्त्य गरी २० प्रतिशत सांसद वा केन्द्रीय कमिटीका सदस्य मिलेर पार्टी फोर्न मिल्ने अध्यादेश ल्याएर एमाले र राजपा फुटाइयो।

अढाइ महिना सम्म सरकार बिस्तार हुन नसकेपछी अनैतिक तवरले अध्यादेश फिर्ता गरियो। ओली सरकारको लोकप्रिय बजेट प्रस्तिस्थापन गर्दै कालो धनलाई सेतो बनाउने र १४ सय सडक सहित असंख्य योजना काटने अनि राज्यको श्रोत साधन कब्जा गर्ने बजेट ल्याइयो।

“हिजो ओली सरकार निरंकुश भयो, सेटिङमा चल्यो” भन्ने प्रचण्ड भन्दैछन “यो सब काम म र माधब नेपाल मिलेर गरेको हो”। हिजो ओली सरकार अधिनायकवादी भयो, रुननी पाइएन भन्ने देउवा देखेर लोकतन्त्र पनि कुनामा बसेर रोइ रहेको होला।

हिजो राष्ट्रपतिलाई रबर स्ट्याम्प भन्ने र ओली सरकारको खोइरो खन्ने मिडिया बुद्धिजीवी नगरिक समाज क्वारेन्टाइन तिर बसेरहेका होलान् । दिन प्रतिदिन रहस्यका पर्दा खुल्दैछन् । को रक्षक, को भक्षक जनताले चिन्दैछन।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...