मन्त्रिपरिषद् विस्तार आज पनि नहुने

Sherbahadur deuba

काठमाडौं । मन्त्रिपरिषद् विस्तार आज (मंगलबार) पनि नहुने भएको छ ।

राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिइएकाले प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकोमा सत्ता गठबन्धनका दलहरूले मन्त्री बन्नेहरूको नाम दिन नसक्ने भएपछि मन्त्रिपरिषद् विस्तार पर सरेको हो ।

नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मन्त्री बन्नेहरूको नामावली बुझाउन नसक्ने बताएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ । सत्तारुढ गठबन्धनमा मन्त्रीहरुको संख्यामा सहमति भइसकेको छ ।

जस अनुसार कांग्रेसले प्रधानमन्त्रीसहित ७ मन्त्री र एक राज्यमन्त्री, माओवादी केन्द्रले ७ मन्त्री, नेकपा एसले ६ मन्त्री र जसपाले ६ मन्त्री पाउने छन् । तर मन्त्रालयको भागबण्डामा भने अहिले पनि विवाद रहेको बुझिएको छ ।

प्रधानमन्त्री बनेको साढे दुई महिना बितिसक्दा पनि सरकार पाँच जना मन्त्रीको भरमा रहेको छ ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...