वर्षमान पुनलाई उपचारका लागि बैंकक लगिँदै

Pun 1

काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तको थप उपचार गर्न थाइल्याण्डको बैंकक लगिने भएको छ।

जन्डिस देखिएर सोमबार अस्पताल भर्ना भएका उनलाई उपचारका लागि बैंकक लगिन लागिएको हो।
पहिले उपचार गरेकै अस्पतालमा उपचारका लागि उनलाई बैंकक लान लागिएको हो।

जण्डिस देखिएपछि समस्या भएलगत्तै पूर्व अर्थमन्त्री पुनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो । समाचार अनुसार उनी माओवादी केन्द्रको कार्यक्रममा भाग लिन लुम्बिनी प्रदेश गएका बेलादेखि बिरामी परेका थिए।

सुरुमा ज्वरो आएपछि अस्वस्थ भएका उनको अस्पतालमा परीक्षण गर्दा जण्डिस पुष्टि भएको थियो।पहिले पनि वर्षमानलाई जण्डिस देखिएको थियो। यसअघि पनि उनको बैंककमै उपचार गरिएको थियो।बिरामी परेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सोमबार बिहान वर्षमानलाई भेट्न उनको खुमलटारस्थित निवास पुगेका थिए।

यसअघि पनि वर्षमानलाई ज्वरो आएर निमोनिया भएको थियो। २०७३ फागुन ७ मा उनलाई धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो। त्यसपछि नेपालको उपचारले काम नगरेकाले उनलाई २०७३ फागुन १५ गते बैंककको समितिभेज अस्पताल लगिएको थियो।

त्यसबेला पनि उनलाई निमोनिया, ज्वरो र लगातार बान्ता हुने समस्या थियो। उनले २०७३ मा एक महिना लामो उपचारपछि स्वदेश फर्किएका थिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...