मन्त्रीपरिषद्ले आज पूर्णता पाउँदै : कांग्रेसलाई ७, माओवादी नेकपा एस र जसपालाई ६ - ६ मन्त्रालय

241807321 259465429513021 5905720777642421082 n

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएसँगै प्रधानमन्त्री देउवाले सरकारलाई पूर्णत दिनेबारे गृहकार्य थालेका हुन् ।

प्रधानमन्त्री देउवाले गठबन्धन दलका नेताहरुसँग यसअघि पनि पटक पटक यसबारे छलफल गरिसकेका छन् । दलहरुबीच भएको सहमति अनुसार सत्तारुढ दल नेपाली कांग्रेसले सात वटा मन्त्रालय पाउने छ ।

यसैगरी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता सामजवादीले ६–६ वटा मन्त्रालय लिने सहमति भएको नेताहरुले बताएका छन् । प्रधानमन्त्री देउवाले २५ सदस्यीय मन्त्रिपरिषद गठन गर्न पाउने कानुनी व्यवस्था छ । नयाँ अध्यादेशअनुसार दर्ता भएका एकीकृत समाजवादीले कानुनी मान्यता पाएपछि सरकाले अध्यादेश फिर्ता लिएको हो ।

त्यसैगरी अध्यादेशमा अन्तरिम आदेश दिनु नपर्ने सर्वोच्च अदालतको फैसलाले पनि मन्त्रिपरिषद बिस्तारको बाटो खुलेको हो । मन्त्रिपरिषदले गत भदौ १ गते राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेको थियो ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...