नेपालले सधैं आतंकबादविरुद्ध आवाज उठाउँछ : परराष्ट्र मन्त्री खड्का

Narayan khadka un

काठमाडौँ । परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले आतंकवाद मानव अस्तित्वको शत्रु भएको उल्लेख गर्दै नेपालले आतंकवादको विरोध गरिरहेको बताएका छन् ।

संयुक्त राष्ट्र संघको ७६औँ महासभालाई न्युयोर्कमा नेपालको तर्फवाट आज बिहान सम्बोधन गर्दै परराष्ट्रमन्त्री खड्काले नेपालले विश्वशान्ति, सहअस्तित्व र समानतामा आधारित सम्बन्ध तथा भाईचाराको नीतिमा प्रतिवद्ध रहेको बताए ।

दक्षिण एसिया तथा मध्यपूर्वका देशमा भएको द्वन्द्व र अशान्तिको विषय समेत उठाएका खड्काले भने,’अफ्गानिस्तान, लिविया लगायतका द्वन्द्वग्रस्त मुलुकको स्थायित्व आफ्नै अन्तरिक विषय भएकाले सोही अनुरुप आपसी समझदारीमा समाधान हुने नेपालको विश्वास छ ।’

आणविक हातहतियारको होडबाजीले विश्वको शान्ति र सहअस्तित्वमाथि प्रश्न खडा गर्ने भएकोले नेपाल त्यसको पनि विपक्षमा रहेको उनले बताए ।

कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाएका विश्वभरका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै परराष्ट्र मन्त्री खड्काले खोपको उपलब्धतामा गहिरिँदै गएको असमानताले न्यून आय भएका मुलुकमा ठूलो आर्थिक-सामाजिक असर पारेको पनि बताए ।

विश्वव्यापी मानव समुदायका लागि चुनौती बनेको कोभिड- १९ महामारीवाट जनतालाई सुरक्षित बनाउनु नेपालको पनि पहिलो प्राथमिकता रहेको उनले प्रष्ट पारेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...