काठमाडौँ उपत्यकामा थप ३९४ जनालाई कोरोना

Kathmandu

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २८५, भक्तपुरमा ४३ र ललितपुरमा ६६ जना संक्रमित थपिएका हुन्।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७ जनाले ज्यान गुमाएका छन्।

सोमबार १ हजार २६२ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १८ हजार ८४८ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा १२ हजार ८१ पीसीआर तथा ३ हजार ४०७ एन्टिजेन परीक्षण भएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...