संसदमा लगातार बिरोध हुँदा पनि सरकार तमाशा हेरेर बसेको खगराज अधिकारीको आरोप

Khagaraj adhikari =567

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता खगराज अधिकारीले लगातार संसदमा बिरोध हुँदा पनि सरकार तमाशा हेरेर बसेको आरोप लगाएका छन् ।

सोमबार संसद भवनमा संचारकर्मीसंग कुरा गर्दै अधिकारीले आफुलाई लोकतन्त्रवादी भन्ने कांग्रेस नेतृत्वको सरकारले संसदमा देखिएको गतिरोध अन्त्य गर्न कुनै भूमिका निर्वाह नगरेको र तमाशा हेरेर बसेको आरोप लगाएका हुन् । उनले सरकारले अहिले गैर जिम्मेवार प्रवृति देखाएको तर्क गरे ।

अधिकारीले अकस्मात संसद बन्द गरि दलीय व्यवस्थालाई समाप्त गर्ने सत्ता गठबन्धनको षडयन्त्रको जारी रुप संसदमा देखिएको धारणा राखे । त्यस्तै उनले सरकार आफ्नो नीति र सिद्धान्तमा विश्वस्त नरहेको आरोप लगाएका छन् ।

अधिकारीले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा कालोधनलाई सेतो बनाउने प्रावधान राखिएको भन्दै यसले अन्तराष्ट्रिय कानून आकर्षित हुने र नेपाल नै कालोसूचीमा पर्ने खतरा रहेको उल्लेख गरे ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...