कांग्रेस भरतपुर महानगररपालिकाको सभापतिमा चित्रसेन अधिकारी विजयी

Capture dfdfdf

चितवन । नेपाली कांग्रेसको १४औ महाधिवेशनबाट चितवनका सात वटै स्थानीय तहमा नयाँ कार्यसमिति चयन भएका छन् ।भरतपुर महानगरपालिकाको सभापतिमा चार जनालाई पछि पार्दै चित्रसेन अधिकारी सभापतिमा निर्वाचित भएका हुन् ।

आज सकिएको मतगणनाबाट ६४९ मत ल्याएर अधिकारी भरतपुर महानगरको सभापतिमा निर्वाचित भएका हुन् । सभापतिमा उम्मेदवारी दिएका भरत अधिकारीले ५४६, हिरामणि अधिकारीले १२९ मत अर्जुनप्रसाद रिजालले २६ मत र वचन कार्कीले ७५ मत पाएका थिए ।

कांग्रेस चितवनका सभापति जित नारायण श्रेष्ठका अनुसार चितवनको ७ वटा पालिकाहरुमा नयाँ निर्वाचित समिति आएको छ ।भरतपुर महानगरपालिकामा अधिकारी, रत्ननगर नगरपालिकामा प्रलाद सापकोटा, खैरहनी नगरपालिकामा गुणराज श्रेष्ठ, कालिका नगरपालिकामा दिपेश्वर केसी,माडी नगरपालिकामा कोमलनाथ भुषाल, राप्ती नगरपालिकामा देवेन्द्र लामा र ईच्छाकामना गाउपालिकामा कृतिकुमार श्रेष्ठ विजयी भएका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...