पोखरा उडेको बुद्ध एयरको अर्को जहाज पनि काठमाडौँ फिर्ता  

Budda air

काठमाडौँ । बिहान साढे ७ बजे काठमाडौँबाट पोखराका लागि उडेको बुद्ध एयर यू ६०१–९ एनएजेओ जहाज पोखरा काठमाडौँ फर्किएको छ ।

ककपिटमा धुँवा देखिएपछि उक्त जहाज पोखरा फर्किएको हो । जहाजमा मेजर समस्या नदेखिए पनि चालक दलले जोखिम नलिई जहाज फिर्ता गरेको बताइएको छ ।

त्यस्तै आज बिहान काठमाडौँबाट विराटनगर उडेको बुद्ध एयरको जहाज काठमाडौँकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गराइएको थियो ।

९ एन एएनआई एटिआर कल साइन भएको जहाजको ल्यान्डिङ गियरमा समस्या देखिएपछि पाइलटले विराटनगरबाट जहाजलाई पुनः काठमाडौँ फर्काएका थिए ।

प्राविधिक समस्याका कारण जहाजको अघिल्लो चक्का खुलेको या नखुलेको केही थाहा नपाएपछि त्यसको जानकारी दिएर जहाजलाई पुनः काठमाडौँ ल्याइएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...