झापामा टिपरले म्याजिक भ्यानलाई ठक्कर दिँदा चालकको मृत्यु, स्थानीयद्वारा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

Jhapa accident

काठमाडौँ । झापामा टिपरको ठक्करबाट सोमबार बिहान एकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत माइधार भन्ने ठाउँमा टिपरले म्याजिक भ्यानलाई ठक्कर दिँदा त्यसका चालकको मृत्यु भएको हो ।

सवारी दुर्घटनाका विषयमा स्थानीयले झापाको माइधार खण्डमा पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । मृतक झापाको दमक नगरपालिका–९ निवासी अन्दाजी ४० वर्षीय नेत्रबहादुर खड्का रहेको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को२च २६३२ नम्बरको सो भ्यानलाई प्रदेश–०३–००१–क ००९५ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

ठक्करपछि भ्यान उछिट्टिएर कनकाई नहरभित्र डुबेको थियो । नहरमा डुबेका कारण चालकको निस्सासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...