ल्याण्ड हुन खोज्दा बुद्ध एयरको पाङ्ग्रा नखुलेपछि...

Buddha air

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा सोमबार बिहान अवतरण गर्न लागेको एउटा विमानको पाङ्ग्रा नखुलेका कारण केहीबेर तनाव भयो । रनवेमा अवतरण हुनै लाग्दा बुद्ध एयर विमान पाङ्ग्रा नखुलेपछि आकाशमै फर्किएको थियो ।

बुद्ध एयरको सो विमान सोमबार बिहानै काठमाडौंबाट विराटनगरतर्फ उडेको थियो । तर, विराटनगर विमानस्थलमा अवतरणमा समस्या भएपछि अवतरण हुन नसक्दा जहाज आकस्मिक अवतरणका लागि काठमाडौंतर्फ फर्किएको थियो ।

केहीबेर आकाशमा घुमेपछि विमान काठमाडौं थियो । विमान फोर्स ल्याण्डका लागि एम्बुलेन्स दमकल विमानस्थलमा राखिएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...