सातौं पटक गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको म्याद थप्ने तयारी  

Gautam buddha airport  7

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु गरेको सात बर्ष पुग्दा पनि निमार्णकार्य सम्पन्न हुन सकेको छैन ।

तीन बर्षमा सक्ने लक्ष्यका साथ सुरु गरिएको विमानस्थल निमार्णकार्यको सातौँ पटक म्याद थप्ने तयारी गरिएको छ ।

छैठौँ पटक थपिएको म्याद साउन महिनामै सकिएपछि निर्माणको जिम्मा चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएशनले सातौँ पटक म्याद थप्न नागरिक उड्डयन प्राधिकरण मार्फत सरकारलाई आग्रह गरेको छ ।

सन २०१४ मा ६ अर्ब ८२ करोड लागतमा निर्माण थालिएको विमानस्थलको हाल ९५ प्रतिशत काम सकिएको छ ।

विमानस्थलको निर्माण सुरु भएसँगै मधेस आन्दोलन, भारतीय नाका बन्दी, भूकम्प र कोभिडजस्ता विभिन्न कारणले तोकिएको समयमा नसकिएको निर्माण कम्पनीले जनाएको छ ।

अबका केही महिनाभित्र निर्माण कार्य सकिने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना कार्यालयले जनाएको छ ।

यो विमानस्थल सञ्चालनपछि लुम्बिनीमा वार्षिक करिब ३० लाखभन्दा बढी बौद्ध धर्मावलम्बी ल्याउने लक्ष्य राखिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रूपमा हेरिएको यो विमानस्थल सञ्चालनपछि देशकै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...