गुल्मीको वडा कार्यालय तोडफोड

Kaligandaki gaupalika

गुल्मी । कालीगण्डकी गाउँपालिका १ को वडा कार्यालय तोडफोड भएको छ । आइतबार राति अज्ञात समूहले वडा कार्यालय तोडफोड गरेको वडा अध्यक्ष ठानीश्वर पाण्डेले जानकारी दिए ।

रवीन्द्र पाण्डेको घरको कोठा तोडफोड गरी २२ हजार रुपैयाँ र मोवाइल चोरी भएको छ । रुक्मागत पाण्डेको घरको कोठाबाट पनि २० हजार रपैयाँ चोरी भएको स्थानीय गोपाल पाण्डेले बताए । वडा कार्यालयका कम्प्युटर र ल्यापटप सुरक्षित छन् ।

विष्णु पाण्डेको पसल‚ डिल्लीराम पाण्डे, पुरुषोत्तम पाण्डेको घर पनि तोडफोड भएको वडा अध्यक्ष पाण्डेले बताए । सोही स्थानमा रहेको गणेश मन्दिरको दान पेटिका समेत चोरी भएको स्थानीय गोपाल पाण्डेले बताए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीले घटनास्थलमा पुर्तिघाट र रिडीको टोली जाँदै गरेको जनाएको छ । घटनास्थलमा प्रहरीको टोली जाँदै गरेकाले विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘सहकारीबाट रकम गोर्खा मिडियामा आउने सम्पूर्ण प्रक्रियामा लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण भेटिएन’

Rabi lamichane new

काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन ...